कोरोना कहरबीच पनि सम्पदा बचाउने अभियान निरन्तर

काठमाडौँ, ८ असोज । उपत्यकाको सडक वरपर हिटी (ढुङ्गेधारा) पाटी, मन्दिर, चैत्य, पोखरी नदेखे नेपालको सडक हो, कि विदेशको थाह नै हुन्न नि ।

सम्पदा संरक्षण अभियानका संयोजक यादवलाल कायस्थ पुर्खाले बनाएर छाडेको उपत्यकाको ति सम्पदा नेपालको पहिचान हुन् भन्नुहुँदै त्यस्तो विचार व्यक्त गर्नुहुन्छ । तीस महिना अगाडि लगनखेलस्थित बटुकभैरव मन्दिरनिरको पर्खाल भत्काउनबाट जोगाएपछि सुरू भएको सम्पदा बचाउने अभियान कोरोना कहरको बेला पनि निरन्तर चलिरहेको छ ।

कोरोना सङ्क्रमण बढ्ने खतराका कारण अन्य सबै काम, व्यवसाय ठप्प छ, संयोजक कायस्थको समुहलाई यत्तिबेला झारपात, पानी, हिलो माटोलगायतले पुरिएका सम्पदाको सफाई, झाडी, झारपात, लेउझाउको सफाई गर्न उपत्यकाका स्थानियले सम्पर्क गरिरहेका छन् ।

बटुकभैरब मन्दिर क्षेत्र पुगेको बेला डोजरले सडक विस्तार गर्ने भन्दै मन्दिरसँगै जोडिएका पर्खाल भत्काउन लागेको देखें, पर्खाल विपरीत क्षेत्रमा भने पेट्रोल पम्प थियो । पेट्रोल पम्पको परिसरलाई थोरै घटाउँदा मन्दिरको पर्खाल जोगिने अवस्था देखेपछि मैले त्यस वरपरका मानिसलाई हो–हल्ला गर्दै आफ्नो ठाउँको मन्दिर अतिक्रमणमा पर्न लाग्दा नि चुप लागेर बस्ने भन्दै चिच्याएँ । स्थानियले पनि मेरो कुरामा समर्थन गरेर साथ दिंदा हाम्रो जात्रा, पर्व, विवाह ब्रतवन्धलगायतको संस्कार सम्पन्न गरिने मन्दिर परिसर पहिलाकै अवस्थामा राख्न सफल भयौं । त्यो कदमले मलाई सम्पदाको दोहन हुनबाट बचाउने साहस पलायो, संयोजक कायस्थ भन्नुहुन्छ ।

असनमा जन्मिनुभएका सम्पदा संरक्षण अभियानकर्मी कायस्थ आफ्ना पितालाई प्रेरक व्यक्तिका रुपमा मान्नुहुन्छ । पिताले मन्दिर, ढुङगेधारालगायतका बारेमा बाहिर हिड्दा वा घरमै सधैं चर्चा गरिरहने बानीले पनि सम्पदा संरक्षणका लागि घचघच्याएको छ ।

विशेष कुनै समुह नबनाई सामाजिक सञ्जालमार्फत आब्हान गरेकै भरमा जुट्ने युवा जमातले उहाँलाई साथ दिदंै आउनुभएको छ ।

कतै पुरिएका वा वेवास्ता गरिएको त्यस्ता सम्पदाको सरसफाई गर्नुपर्दा सामाजिक सञ्जालबाटै सूचना दिन्छु, आफुलाई पायक पर्ने र फुर्सद हुँदा साथीहरु आईपुग्छन् । स्वस्फुर्त रुपमै युवा भेला हुँदै काम गर्ने भएकोले कुनै निश्चित समुह चाहिं छैन । आज आएका साथी भोलि नदोहोरिन पनि सक्नुहुन्छ । स्वयमसेवी यस काममा युवामा हाम्रो सम्पदा जोगाउने जाँगर प्रसस्त छ, उहाँ अनुभव सुनाउनुहुन्छ ।

सोह्रखुट्टे पुलिस चौकीसँगै अहिले इट्टालगायतको सामग्री प्रयोग गरी बनाइएको ढुङ्गेधारो देखिन्छ, हेर्दा भर्खर बनाइएको जस्तो देखिएपनि त्यस स्थानमा दुइसय ५२ वर्ष अगाडि बनाइएको ढुङ्गेधारो थियो, त्यो भत्किएको पुरिएको अवस्थामा रहेकोले त्यसको मर्मत, सम्भार गरी पहिलाको जस्तै बनाउन सोे अभियानको योगदान छ ।

अन्य सबै काम ठप्प भएको बेला सम्पदा संरक्षणका लागि प्रसस्त समय मिलेको कायस्थ बताउनुहुन्छ । अभियानले सम्पदा संरक्षणको काम थाल्नुअघि त्यसको ऐतिहासिक र पुरातात्विक महत्वको बारेमा आवश्यक जानकारी लिने, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दालाई खबर गर्ने र सम्पदाको सरसफाई गर्न पनि सहभागी गराउँदै आएका छन् । सरसफाईपछि स्थानियलाई त्यसको जिम्मेवारी दिने गरिएको छ ।

अभियानले ठिमीको जन्मद्वार ढुङ्गेधारा, जर्मन क्वाटर पछाडिको मल्लकालिन ढुङ्गेधारा, दरमार्गकोे स्वरा ढुङ्गेधारा, भक्तपुर जगातीको फल्चा( पाटी), चावहिल गणेशस्थानमको पुरानो ढुङ्धारा र पोखरी, भक्तपुरको जगाती, बोडे, नलिनचोकको ढुङ्गेधारा, भक्तपुर १ स्थित धालाखुसी पाटी,ल्होः हिटीलाई पुरिएको अवस्थाबाट सरसफाई गरी निकालेको छ ।

भक्तपुरको सूर्यविनायकस्थित कलाशामा पुरिएको अवस्थामा शिवलिङ्ग, मूर्तिहरु, चावहिल, जावलाखेलमा पुरिएको सम्पदाको संरक्षणका लागि योगदान दिएको छ । पुरातत्व विभागलगायत स्थानिय तहले खोज संरक्षण नगरेको र स्थानीय बासिन्दालै नै वेवास्ता गरेको त्यस्ता सम्पदाको खोजतलास र सरसफाईलाई निरन्तरता दिएर यसप्रति जागरुक बनाउने संयोजक कायस्थ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, ४ असोज । कस्तुरीको बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका, १२ बाट दैलेख महावु गाउँपालिका

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021