मोटरसाइकल र गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, ८ असोज । काठमाडौँको महाराजगन्‍जमा मोटरसाइकल र गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

शिक्षण अस्पतालको गेटअगाडि सडकको जेब्रा क्रसिङमा नम्बर नखुलेको मोटरसाइकल र गाडीको ठक्करबाट पैदलयात्री बूढानीलकण्ठ नगरपालिका ६ बस्‍ने २६ वर्षीया अनुपा कार्कीको हिजो मृत्यु भएको हो । 

दुर्घटनामा सख्त घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकलको खोजी गर्नुका साथै ठक्कर दिई फरार रहेको बा.११च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021