एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने पक्राउ

काठमाडौँ, ८ असोज । ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीया ठूली आमा फुटी भोटे, ठूलो बुवाको छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई बुधबार मध्यराति हतियार प्रहार गरेका थिए। 

बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए । धारिलो हतियार बाम्फोक (खुर्पा जस्तो हतियार) को प्रहारबाट उनीहरू गम्भीर घाइते छन् ।

उनीहरूको टाउको र गर्धनमा चोट लागेको र तीनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए । उनका अनुसार हेलिकप्टरबाट लैजान अनुमति पाए पनि खराब मौसमका कारण रोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । वीरेन्द्रनगर–८, खजुरामा रहेको शिद्ध बहिरा बालक स्कूलको ठिक अगाडि सोही विद्यालयमा अध्ययनरत स्वस्तिका सिंहको घर छ

काठमाडौँ, २१ असोज । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको

काठमाडौँ, १८ असोज । सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि