प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता: तीन विषयमा गम्भिर छलफल

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायत विषयमा छलफल भएको बताइएको छ । मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकताको प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको थियो । त्यस्तै दुई अध्यक्ष, ओली–प्रचण्डबीच भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालिसक्नुभएको बताइएको छ । सचिवालय बैठकमा दुई वर्षे अवधि गुजारेकालाई बिदा दिने, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई बिदा दिएर आवश्यकलाई पुनर्नियुक्ति दिने, मन्त्रालय फुटाउने र रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने आदि विकल्पमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय फुटाएर ऊर्जा र जलस्रोत तथा सिञ्चाई मन्त्रालय अलगअलग बनाउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग्गै बनाउने विकल्पमा पनि प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021