चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितवन, ८ असोज । सामाजिक सञ्‍जाल इमोमा २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन ।

चितवन प्रहरीका अनुसार विराटनगर महानगरपालिका ११ का साहिल हुसेन र वडा ९ का कामेश्‍वर स्वर्णकारलाई पक्राउ गरी विराटनगर प्रहरीको समन्वयमा बुधबार चितवन ल्याइएको हो ।

उनीहरुले सामाजिक सञ्‍जाल इमो प्रयोग गरी विभिन्‍न मानिसलाई २५ लाखको चिठ्ठा परेको र प्रहरी तथा अन्य मानिसलाई जानकारी दिए तपाईंको पैसा सबै बदर हुन्छ भन्दै ठगी गर्दै आएका थिए ।

असोज ४ गते कालिका नगरपालिका ४, चितवन की एक महिलालाई पटक-पटक फोन गरी चिट्ठा परेको र करकट्टीका लागि केही पैसा जम्मा गरिदिन दबाब दिँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  उनीहरुले ती महिलालाई दुई लाख ८० हजार रुपैयाँ ठगी गरेकाले पीडित महिला प्रहरीसमक्ष पुगेपछि प्रहरीले उनीहरुको खोजी कार्य गरेको थियो । हाल उनीहरुलाई चितवन अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021