सीमासम्बन्धी पुस्तकका केही तथ्य-तथ्याङ्‍क त्रुटिपूर्ण रहेकाले रोकिएको होः मन्त्री अर्याल

काठमाडौँ, ७ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ सन्दर्भ पुस्तकमा समावेश गरिएको तथ्य(तथ्याङ्‍क त्रुटिपूर्ण रहेकाले रोक्नुपरेको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा र क्षेत्रफल समेटेर पाठ्यसामग्रीका रूपमा प्रकाशित किताब बाहिर नलैजान मौखिक निर्देशन दिएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ । सोही प्रशंगमा उहाँले भन्नुभयो, “पाठ्यक्रम विकास केन्द्रले तयार पारेको किताब केही दिनअघि नै हामीले हात पारेका थियौं । किताबमा समावेश गरिएका तथ्य(तथ्याङ्‍क त्रुटिपूर्ण पाएपछि सच्याउनुपर्ने निकर्ष निकालिएको हो । किताबको मस्यौदा सबै मन्त्रीहरूलाई उपलब्ध गराइएको थियो । तथ्य र तथ्याङ्‍कमा त्रुटि देखिएपछि वितरण गर्ने कुरा आएन ।”

मन्त्री अर्यालका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले किताबमा रहेको त्रुटि सच्याउन मौखिक निर्देशन दिनुभएको थियो । कूटनीतिक विषय जोडिएकाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विभागीय मन्त्रीका हिसाबले अर्याल र पाठ्य सामग्री तयार पार्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रधानमन्त्रीले त्रुटि सच्याएर मात्रै वितरण गर्न, विद्यालयमा पठाउन मौखिक निर्देशन दिनुभएको थियो ।

राष्ट्रलाई एकढिक्का बनाएर भूमि फिर्ता ल्याउन पहल गरिरहेको सरकारले नक्सा छापेर बाँड्न डराएको भन्ने कुरा आधारहीन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले त्रुटि सच्याएर मात्रै पठाउन निर्देशन दिनुभएको हो । नक्सा प्रकाशित गरेको किताब नै बाहिर पठाउन रोक लगाइएको भन्ने विषय साँचो होइन । मन्त्रालयले यसको नापजाँच गरिरहेको छ । टुङ्गो लागिसकेको छैन । गल्ती पढाउनु हुँदैन । देशको क्षेत्रफलबारे अन्योल पनि हुनुहुँदैन भनेर रोकिएको हो । यसलाई अन्यथा ढङ्गले व्याख्या गर्न जरुरी छैन । किताबमा प्रयोग गरिएको भाषा पनि कूटनीतिक दृष्टिले सच्याउनुपर्ने भएको छ ।”

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको किताबमा कुल २ लाख ६७ हजार ५७५ वर्ग किलोमिटर भूभागमध्ये विभिन्न सन्धि, सम्झौताका कारण १ लाख १९ हजार ९३३ दशमलव ७२ वर्ग किलोमिटर भूभाग गुमाएर नेपाल हाल अद्यावधिक गरिएको नक्साअनुसार १ लाख ४७ हजार ६४१ दशमलव २८ वर्ग किलोमिटर क्षेत्रफलभित्र सीमित भएको उल्लेख छ । त्यस्तै नेपाल(भारतको सीमा रेखा १९३० किलोमिटर रहेको र नेपाल(चीनको सीमा रेखा १४९७ किलोमिटर रहेको बताएको छ । नेपालको अद्यावधिक भएको भनिएको क्षेत्रफल त्रुटिपूर्ण रहेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका

काठमाडौँ, ४ असोज । नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका

काठमाडौँ, ४ असोज । यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ ।

काठमाडौँ, ४ असोज । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021