स्कारपियो र मोटरसाइकल पहिरोमा पुरिँदा एकको मृत्यु


काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा.१७च ४८७४ नम्बरको स्कारपियो जिप र बा.९७प ४८५१ नम्बरको मोटरसाइकललाई पहिरोले पुरेको हो । पहिरोले पुरिँदा जिपमा सवार चालकछेवैको सिटमा बसेका एकजना पुरुषको मृत्यु भएको हो ।

मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।  मोटरसाइकलमा सवार दुईजना भने घाइते भएकाले उनीहरुलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ कार्तिक । पोल्यान्डका राष्ट्रपति अन्ड्रेज डुडालाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार कोरोना भाइरस परीक्षण गराएका

काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले

काठमाडौँ, ८ कार्तिक । फ्रान्समा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।  गएको २४ घण्टामा ४२ हजारभन्दा धेरैमा कोरोना पोजेटिभ

काठमाडौँ, ७ कात्तिक । विश्वमा ३ करोड ११ लाख ८४ हजारबढी मानिस कोरोनामुक्त भएका छन । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी