विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ, ७ असोज । रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा पनि स्थानमा गएराति धेरै ठूलो वर्षा भएको केन्द्रले जनाएको छ ।

भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ । अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दै गरेकाले आउँदो शुक्रबारसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक डाकेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच