काठमाडौँ, ६ असोज । थप १३ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ५४ नमुना परीक्षण गर्दा १३ सय ५६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ८ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ । आज २ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय २९ जना पुगेको छ ।