सञ्चार क्षेत्रका चुनौती सामना गर्न काउन्सिलको भूमिका अझ सशक्त हुनपर्छ: राष्ट्रपति

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक रहेको बताएकी छन् ।

शीतलनिवासमा आज प्रेस काउन्सिल नेपालको ५१औँ वाषिर्कोत्सव आयोजित समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रपति भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यममा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

उनले भनिन्, ‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ भन्ने मैले ठानेको छु,’ ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।’

कोरोना महामारीका कारण सञ्चार माध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा समेत अविचलितरूपमा पेशाप्रतिको दायित्ववहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताइन् । भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आजदेखि

काठमाडौँ, ४ असोज । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै

काठमाडौँ, ४ असोज । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको

काठमाडौँ, ३ असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021