नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सँधै उच्च महत्व दिँदै आएको छः राष्ट्रपति भण्डारी

काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्रका रुपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिँदै आएको बताउनुभएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार विदाई भेट गर्नुभएको छ । भेटका क्रममा नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध बिस्तारका लागि पारस्पारिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जाभेदलाई बधाई दिनुभएको थियो । राजदूत जाभेद यहि महिना आफ्नो कार्यकाल सकिएर स्वदेश फर्किदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा