प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका लागी दिए तीन विकल्प

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनका लागी तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ ।

आज पार्टी कार्यालय पेरिसडाडाँमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन लागी दिएका तीन विकल्पमा पहिलो : अहिलेका सबै मन्त्रीलाई हटाउने, दोस्रो : सुरुमा मन्त्री भएकाहरुलाई हटाउने, र तेस्रो : केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने रहेको छ ।

बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । ‘सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

जनकपुर, १३ कार्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले

काठमाडौँ, १३ कार्तिक । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका