नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुग्यो

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ ।

मृतकमा ६ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा ज्यान गुमाउनेमा काठमाडौँमा ४ तथा ललितपुर र भक्तपुरमा १–१ जना रहेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै धनुषामा ७६, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।  यसैगरी ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पामा ४० वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय २२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । निर्माता छविराज ओझाले अब नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ

काठमाडौँ, १२  कार्तिक । नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन्

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि