नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन गरिने विषयमा छलफल

काठमाडौँ, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ ।

पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ भने, “मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारेमा नीतिगत छलफल भएको छ भने, “सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएका छन् ।”

उनका अनुसार व्यक्तिका नामका विषयमा छलफल भएको छैन । कसलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको भए पनि व्यक्तिका बारेमा भने प्रवेश गरिएको छैन । बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ६ बैशाख । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको  सम्पत्ति जफत गरिएको छ ।

काठमाडौँ, ५ बैशाख । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत

काठमाडौँ, ५ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले फिल्म ‘द रेड सुट्केस’ हेरेका छन् । उनले मंगलबार

काठमाडौँ, ५ बैशाख । फिल्म ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल–३’ बन्ने भएको छ । फिल्मको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन्