‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या !’

राजविराज, ४ असोज । किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या ।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन थालेका छन्। ‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा धम्क्याउने बढी भयो ।’

मृतककी बहिनी सविताले दिदी बितेपछि निदाउन नसकेको सुनाइन्। ‘धम्क्याउनेहरूले अनेक कुरा सुनाउँछन्। कोहीले भन्छन्, अब तिमीहरूलाई जातबाट अलग गरिदिने रे। कोहीले सुनाउँछन्, मुद्दा दर्ता भए पनि साक्षी कोही पनि बस्दैनन् ।’

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवीकी १७ वर्षीया छोरी संगीता हालै सामूहिक बलात्कारको सिकार भएकी थिइन्। तर, गाउँका ‘पञ्च’ले उजुरी दिन प्रहरीमा जान रोक लगाउँदै चार दोषीबाट क्षतिपूर्ति भराउने निर्णय सुनाएका थिए। गाउँलेले आफ्नो ‘अस्मिताको मूल्य’ तोकेपछि संगीताले पासो लगाएर मंगलबार मृत्युको बाटो रोजेकी थिइन् ।

‘पञ्चहरूले प्रहरीमा उजुरी गर्न रोक लगाए र पीडितलाई भेलामा बोलाएर हाँसोको पात्र बनाएर थप पीडा दिए’, रधियादेवीले भनिन्, ‘५५ हजार सानो रकम होइन, खुरुक्क लेऊ । चुप लागेर बस भनेर पञ्चहरूले अस्मिताको मूल्य तोक्दै व्यंग्य नगरेको भए सायद मेरी छोरीले मृत्युको बाटो रोज्दिन थिइन् होला ।’

उनले संगीताको आत्महत्या हत्या नै भएको बताइन्। ‘पुरुषहरूको भेलामा बोलाएर पालैपालो घटना विवरण भन्न लगाएर हाँसोठट्टाको विषय नबनाएको भए र अपराधीहरूलाई कारबाही गर्न साथ दिएको भए छोरीले मृत्युवरण गर्नुपर्ने थिएन’, उनले भनि न्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

काठमाडौँ, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी