महामारीलाई अवसरमा परिणत गरेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री

 

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गरेका छन । 

प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना संक्रमणको महामारीलाई अवसरका रुपमा परिणत गरेर अगाडि बढ्ने बताएका छन् । 

प्रधानमन्त्री ओलीले सरकारले महामारीको कठिन अवस्थालाई अवसरमा बदल्न आवश्यक संरचना खडा गरेर अगाडि बढिरहेको बताएका छन् । कोरोना नियन्त्रणमा सरकारले उल्लेख्य काम गरेको दाबी गरेका हुन् ।

नेपालमा पहिलो केस फेला पर्दा हङकङमा परीक्षण गर्न पठाउनुपरेको स्मरण गराउँदै अहिले मुलुकभित्र ४८ ठाउँबाट पीसीआर र आरडीटी परीक्षण भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले दुई हजार रुपैयाँ शुल्कमा कोरोना परीक्षण गरिराखिएको बताउँदै कुल जनसंख्याको दुई प्रतिशतको कोरोना जाँच गर्ने सरकारको लक्ष्य पूरा हुन लागेको पनि बताए ।

“डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो,” उनले भने, “तर कोरोना नियन्त्रणमा उत्साहपूर्ण प्रगति देखापरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण