दाउरा झिक्न गएका बाबुछोरी नदीले बगाउँदा बेपत्ता

काठमाडौँ, ३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उहाँका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन् ।

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए । बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्