कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनले दिँदैन : मन्त्री ज्ञवाली

रुपन्देही, २ असोज । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको बताएका छन ।

आज बुटवलमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको तर सरकार भने सकारात्मक रहेको बताएका हुन ।

उनले देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताउदै उनले भने, ‘लोडशेडिङमुक्त बनाउन कुलमान घिसिङको मुख्य भूमिका रह्यो तर उहाँको मात्रै एक्लो प्रयासले होइन सरकारको लगानी र टिम भावनाको परिणाम हो ।’

प्रवक्ता ज्ञवालीले मन्त्रिमण्डलको पुनर्गठन कार्य मूल्याङ्कनको आधारमा हुने बताए । प्रधानमन्त्रीलाई सफल र सजह हुने किसिमले मन्त्रिमण्डल पुनर्गठन हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने