रक्षामन्त्री पोखरेल र नेपालका लागि पाकिस्तानका राजदूतबीच भेटेवार्ता

काठमाडौँ, ३१ भदौ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि पाकिस्तानका राजदुत डा। मजर जाबेदबीच विदाइ भेटवार्ता भएको छ ।

आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किनु अघि जाबेदले सिंहदरबारमा रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन् ।

भेटमा पोखरेलले नेपाल र पाकिस्तानबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असल र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरे । त्यसक्रममा दुई देश बीचको सम्बन्ध सरकार(सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको बताए ।

पोखरेलले पाकिस्तानले चिकित्सा शास्त्र अध्ययन‚ सैनिक तालिम तथा प्रशिक्षण जस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस किसिमको सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरे । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउँदै अघि बढ्न आवश्यक रहेको कुरामा पोखरेललेको जोड थियो ।

पोखरेलले पाकिस्तानका उद्यमी, व्यवसायीहरूलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत लगायतका क्षेत्रमा लगानी विस्तार गरी दुवै देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सहयोग गर्न आग्रह पनि गरे । राजदूत जाबेदले नेपाल र पाकिस्तानबीच असल कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो नेपाल बसाइको अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार¸ पर्यटन,उद्योग र कृषि लगायतका क्षेत्रमा सहयोग प्रवर्द्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताए ।

दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै महामहिम राजदूतले तालिम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमण मार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगिरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले एक

काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । देशभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । सार्वभौम

काठमाडौँ, २ असोज । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरोबाट जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण