युएस ओपनको उपाधि ओसाकाले दोस्रो पटक जितिन्

काठमाडौँ, २८ भदौ । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् ।

न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३, ६-३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् ।

ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी थिइन् । यस्तै उनले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् । ओसाकाले फाइनल पुगेको तीनवटै अवसरमा उपाधि जितेकी हुन् ।

पुरुषतर्फको उपाधिका लागि डोमिनिक थिएम र एलेक्जान्डर जेभरेभबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको