प्रम ओलीद्वारा एसिड पिडितको माग अनुरूप दोषीमाथि कारबाही गर्न र तत्काल नयाँ कानुन बनाउन निर्देशन

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पिडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गर्नुभएको छ ।

यस निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उहाँले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । उहाँले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल लगेर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताउनु भयो ।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी आजको विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गर्नुभएको छ ।

आक्रमणपछि पढ्न चाहनेहरूका लागि निस्शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने उहाँले बताउनुभयो । साथै, उचित तालीम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने समेत उहाँले कार्यक्रममा जानकारी गराउनु भयो ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने बताउनु भएको छ । हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उहाँले सबैलाई आह्वान गर्नुभएको छ ।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त गर्नुभएको छ ।

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय