बलात्कारको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

जनकपुरधाम, २५ भदौ । धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

गत भदौ २० गते ती बालिकालाई ललाइफकाइ आफ्नो पसलमा बोलाइ छतमा लगेर मुख थुनेर बलात्कार गरेको आरोपमा लक्ष्मिनियाँ गाउँपालिका २ सिनरजोडा बस्ने बद्रीनाथ साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

बलात्कार गरेर फरार भएका साहलाई महोत्तरीको मठियानीमा लुकिछिपी बसेको अवस्थामा बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना