प्रम ओलीद्वारा उपत्यकासहितका ७ आयोजनाको विशेष चासोः तिव्र गतिमा अघि बढाउन निर्देशन

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकामा निर्माणाधिन रहेका मुख्य ७ वटा आयोजनाको कार्यप्रगतिको वारेमा विशेष चासो व्यक्त गर्नुभएको छ ।

आज नेपाली आधुनिक राजनीतिका दुई संस्थापक मुख्य नेताहरू बीपी कोइरालाको जन्मस्थल, दुम्जा (सिन्धुली) र पुष्पलाल श्रेष्ठको जन्मस्थल, भँगेरी (रामेछाप)मा नेपाल सरकारले निर्माण गर्ने स्मृति उद्यानको कार्यप्रगति र प्रस्तावित डिजाइनको बारेमा सविस्तार जानकारी लिनुभएको छ ।

त्यस्तै आजै प्रधानमन्त्रीसमक्ष निर्माणाधीन संघीय संसद भवन-सिंहदरबार, प्रधानमन्त्री निवास (बालुवाटार, मन्त्रि निवास- भैंसेपाटी, प्रदेश प्रमुख एवं मुख्यमन्त्री आवास- भैसेपाटी, ३ हजार सिट क्षमताको सभा हल-गोदावरी र उपत्यकाभित्र तयार भइरहेका झण्डै ४ हजार बेड क्षमताका का क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको निर्माण कार्यको प्रगति, इन्टेरियर डिजाइनलगायतको सम्बन्धमा पनि सम्बद्ध मन्त्री, सचिव र महानिर्देशकसहितको उपस्थितिमा कार्यप्रगतिको करिब तीन घण्टासम्म बिस्तारका साथ जानकारी गराइएको छ ।

कोभिड( १९ का कारण निर्माण कार्यमा केही ढिलाइ भए पनि निरन्तर काम भइरहेको पनि अधिकारीहरूले प्रष्ट्याउनु भएको छ । साथै, सबै योजनाको बिस्तृत डिजाइनसमेत प्रधानमन्त्रीले अवलोकन गर्नुभई आवश्यक मार्गदर्शन गर्नुभएको छ ।

प्रधानमन्त्रीले शहरी विकास मन्त्रालय अन्तर्गतका उल्लेखित निर्माण कार्य सम्पन्न भइसक्न लाग्ने समयको सम्बन्धमा जिज्ञासा राख्नुहुँदै कामको गति बढाउन पनि निर्देशित गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ