काठमाडौँ, २४ भदौ । थप १ हजार ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार ११ हजार १ सस्य ६७ हजार नमुना परीक्षण गर्दा १ हजार ८१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ९ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३३ हजार ८ सय ८२ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय १२ जना पुगेको छ ।