अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटवार्ता सकियो

काठमाडौँ, २४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको भेटवार्तामा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको जनाइएको छ ।

नेकपामा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र त्यसमा नेताहरुले गरेको टिप्पणीलाई एकीकृत गर्दै एजेण्डा तयार पारेको बुझिएको छ । अध्यक्षद्धयले तयार गरेका एजेण्डाहरु भोलिसम्म स्थायी समिति सदस्यहरुलाई पठाउने र कोरोनाका कारण बैठक छोट्याउनेबारेमा पनि दुवै नेता सहमत भएको बुझिएको छ । 

बुधबार भएको दुई अध्यक्षको भेटवार्तामा तय भएका एजेण्डालाई कार्यान्वयनमा लैजादा आउनै परिणामका बारेमा समेत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज ५ असोज २०७७, सोमवार वैधृति बभ विशाखा , विश्व शान्ति दिवस र विश्व अल्जाइमर्स दिवस मेष(चु, चे, चो, ला,

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

काठमाडौँ, ४ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसीमा कन्टेनरको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । सडक किनारामा खेलीरहेकी

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा