अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण स्थगित

एजेन्सी, २४ भदौ । अक्सफोर्ड विश्वविद्यालयले बनाकजो कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ ।

बीबीसीका अनुसार खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी झण्डै ३० हजार मानिसलाई सहभागी गराएको थियो । तीमध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको छ ।

जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुन्छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको बीबीसीले जनाएको छ ।

अहिले विश्वभरमा झण्डै एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ठूलो ट्रायलमा बिरामी हुने सम्भावनाहरु रहने तर यसको सावधानीपूर्वक जाँच आवश्यक रहेको बताएका बीबीसीले जनाएको छ । धेरै संख्यामा परीक्षण गर्दा एकाध व्यक्ति बिरामी पर्नु सामान्य रहेको विज्ञहरु बताउँछन् । तर ती व्यक्तिको अस्पतालमा जाँच गर्दा बिरामी पर्नुको कारण पत्ता नलागेमा त्यो खोप उत्पादन नै रोकिने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रेस काउन्सिलको

काठमाडौँ, ९ असोज । सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नया कानून ल्याएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त

काठमाडौँ, ९ असोज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी