विश्व बैंक र मन्त्री नेम्वाङ्गबीच छलफल : दुई विषयलाई उच्च प्राथमिकता

काठमाडौँ, २३ भदौ । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ्ग विश्व बैंकबीच छलफल भएको छ ।

विश्व बैंकले आज आयोजना गरेको सडक सुरक्षा सम्बन्धी भर्चुअल बैठकमा सहभागी हुनु भएको छ । बैठकमा सडक सुरक्षा तथा मन्त्रालय र विश्व बैंक बीच रहेको सहकार्यलाई निरन्तरता दिने विषयमा गहन छलफल भएको छ । त्यस्तै सडक सुरक्षा, सुरक्षित सवारी साधनको प्रयोग सम्बन्धी जनचेतना फैलाउन १८ बर्षदेखि २४ बर्षका युवा वर्गलाई लक्षित गरि Public service announcement (PSA) निर्माणको कन्सेप्टमा समेत छलफल भएको छ ।

बैठकमा मन्त्रालयका सहसचिव प्रमिलादेवी बज्राचार्य, सरोजकुमार प्रधान, अर्जुनजंग थापा र नेपालका लागि विश्व बैंकका कन्ट्री ड्राइरेक्टर फारिस हदाद जर्भोक लगायत विश्व बैंकका प्रतिनीधिहरु सहभागी रहनु भएको मन्त्री नेम्वाङ्गको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।