थप एक जना कोरोना संक्रमितको मृत्यु

कोहोलपुर, २३ भदौ । अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ ।

अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठका अनुसार सितगंगा नगरपालिका-१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ : २० बजे उपचारकै क्रममा मृत्यु भएको हो । मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको श्रेष्ठले बताए ।

मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएका उनको दायाँ करङ् र नाडी भाँचिएको र उनको १४ दिनपछि अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी भैरहवाकै भीम अस्पतालमा रिफर भएका थिए । भीम अस्पतालले समेत कोरोना संक्रमितको शल्यक्रिया गर्न जोखिम हुने भएकोले ११ गते कोहलपुर रिफर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव

काठमाडौँ, ५ असोज । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता