जिसस र सूनपाबीच ९ वटा साझेदारी योजना कार्यान्वयन सम्झौता (सूचीसहित)

भक्तपुर, २३ भदौ । विकासमा दैनिक एक कदम अगाडी बढ्ने मात्र नभई दैनिक दौडिने लक्ष्यका साथ जिल्ला समन्यव समिति भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच ९ वटा साझेदारी योजना कार्यान्वयव सम्झौतामा हस्ताक्षर गरिएको छ । जिसस प्रमुख नवराज गेलालको प्रमुख आतिथ्यतामा जिससको तर्फबाट जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछाने र नगरपालिकाको तर्फबाट प्रमुख प्रकासकीय अधिकृत कमल ज्ञवालीले रुपमा हस्ताक्षर गर्नुभएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को जिसस मौज्दात कोष तर्फका ९ वटा योजनाहरुमा दुवैको साझेदारीमा रु १० करोड १० लाख रुपैंया बरावरको योजनामा सोमवार हस्ताक्षर भएको छ । जसमा जिससको तर्फबाट रु ६ करोड ४५ लाख रहेको छ भने नगरपालिकाको रु ३ करोड ६५ लाख रकम रहेको छ । उक्त सम्झौतामा उल्लेख भएका ९ वटै योजनाहरु अन्तरगत उल्लेख भएका रकम बराबरको आयोजना चालु आर्थिक वर्ष भित्रमा सम्पन्न गरिनेछ ।

सम्झौता गरिएका ९ वटा योजनाहरु र बजेट यस प्रकार रहेको छ,

क्र. सं.जिसस नगरपालिकाबीचको साझेदारी योजनाहरुजिससबाट रु.नगरपालिकाबाट रु.जम्मा रु.
१.नगरपालिका कार्यालय भवन निर्माण३ करोड२ करोड५ करोड
२.वडा नं. १० वडा कार्यालय भवन निर्माण१ करोड६६ लाख ६७ हजार१ करोड ६६ लाख ६७ हजार
३.वडा नं. ७ वडा कार्यालय भवन निर्माण५० लाख३३ लाख ३४ हजार८३ लाख ३४ हजार
४.वडा नं. १ भंगाल खानेपानी आयोजना३० लाख १० लाख४० लाख
५.वडा नं. १ सिरुटार खानेपानी आयोजना४० लाख१३ लाख ३३ हजार५३ लाख ३३ हजार
६.वडा नं. ९ बन्देश्वरी खानेपानी आयोजना४० लाख१३ लाख ३३ हजार५३ लाख ३३ हजार
७.वडा नं. ५ माथिल्लो ओमशान्ति टोल निलगिरी खानेपानी आयोजना४० लाख१३ लाख ३३ हजार५३ लाख ३३ हजार
८.दधिकोट बृहत खानेपानी आयोजना२० लाख ६ लाख ६६ हजार२६ लाख ६६ हजार
९.वडा नं. ८ टौडोल खानेपानी आयोजना२५ लाख ८ लाख ३४ हजार३३ लाख ३४ हजार
जम्मा६ करोड ४५ लाख३ करोड ६५ लाख१० करोड १० लाख

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021