एजेन्सी, २३ भदौ । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ ।
रुसी अधिकारीका अनुसार स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको हो । रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स ९यूएई०, फिलिपिन्स, ब्राजिलमा खोपको परीक्षण हुन लागेको बताएका छन ।
यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनल बताए ।