भारतमा एकैदिन ७५ हजारमा कोरोना संक्रमण

काठमाडौँ, २३ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३३ लाख २१ हजार ४२० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ३४८ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७२ हजार ८१६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वमै सबैभन्दा बढी संक्रमित भएको अमेरिका भन्दा भारतमा दैनिक बृद्धिदर दोब्बरले बढी हुन थालेको छ । अमेरिका हालसालका दिनहरूमा दैनिक औषत ४० हजार संक्रमित देखिन थालेका छन् भने भारतमा दैनिक बृद्धिदर औषत ८० हजार हाराहारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा