आजको राशिफल

वि.सं.२०७७ साल भदौ २३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेट । दिनमान ३१ घडी ११ पला । षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

बृष (ई,,,,वा,वी,वू,वे,वो) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाइ लेखाइमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसि हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपहार प्राप्तिको योग रहेकोछ ।

मिथुन (का,की,कू,,,,के,को,हा) बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट साथिभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पतिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,,,,पे,पो) नाफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । धर्म सस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । बिहानको समयमा घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी बाताबरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि बस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाईनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिष्पर्धीहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिष्पर्धीहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि बस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिष्पर्धीहरु परास्त हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । सवारी साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मीन (दी,दू,,,,दे,दो,चा,ची) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिष्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।