१२ वर्षीय बालिका झुण्डिएको अवस्थामा मृत फेला

भोजपुर, २२ भदौ । जिल्लाको षडानन्द नगरपालिका वडा नं.२ कुदाककाउलेमा १२ वर्षीय एक बालिका झुण्डिएको आबस्थामा मृत फेला परेकी छन ।

स्थानीय टिकाराम राईको १२ वर्षीय छोरी १२ अमि राई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

दिदि बहिनि संगै घाँस काट्न गएको र बहिनी गोठमा आएर घर फर्किन ढिला भएपछि दिदि खोज्न जाँदा कटेरोमा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । घर देखि करिब ५ सय मिटर टाढा रहेको गोठमा उनको शव भेटाईएको ईलाका प्रहरी कार्यलय दिङ्लाले जनाएको छ ।

१२ वर्षीय बालिकाले आत्माहत्या के कारणले गरेका हुन भन्ने नखुलेको र बालिकाको शव पोष्टमार्टमको लागि खाँदबारी पठाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा