चितवनमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

चितवन, २२ भदौ । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा आइतबार राति गरिएको परीक्षणमा जिल्लाका १९ जना थपिएसंगै संक्रमितको संख्या एक हजार पाँच पुगेको हो ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ११ जना रहेका छन् । जसमा ७ वर्षीय बालकदेखि ७२ वर्षीया महिलासम्म रहेका छन् ।

यस्तै संक्रमण पुष्टि हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिकाका ६ जना र खैरहनीका २ जना रहेका छन् । यसैगरि मकवानपुरका ८ जना, तनहुँका २ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या ८१३ रहेको छ । १८० जनालाई कोरोना निको भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको  छ । Exchange Rate

काठमाडौँ, २ असोज । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, २ असोज । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८१औं र ८२औं शाखा कार्यालय