मन्त्री भुसालको कडा एक्सनः मलको ठेक्का सम्झौता रद्द, दुवै कम्पनीको धरौटी जफत

काठमाडौँ, २१ भदौ । तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । ‘तत्कालका लागि सम्झौता रद्द गरिएको छ धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भन्नुभयो ।

यो निर्णयसँगै दुवै कम्पनीले राखेको पाँच/पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ । साथै, थप कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको छ । मन्त्रालयले जमानत जफत गरेसँगै उक्त दुवै कम्पनीसँग कानुन अनुसार क्षतीपूर्ती समेत माग गर्ने भएको छ । त्यस्तै दुवै कम्पनीलाई कालोसूचीमा रोख्ने प्रकृया समेत अघि बढाउने भएको छ ।

कृषि मन्त्री भुसालले समयसीमा नथप्ने र यी दुई कम्पनीलाई कारबाही गर्ने पक्षमा अडान राखेपछि विवादित यी दुई कम्पनी कारबाहीमा परेका हुन् । २५–२५ हजार टन युरिया मल ल्याउन सम्झौता गरेका दुबै कम्पनीले पाँच प्रतिशत रकम धरौटी राखेका थिए। कम्पनीको निर्णयसँगै यी दुई कम्पनीको गरी करिब रु. ९ करोड ४५ लाख धरौटी रकम जफत भएको छ छ। बाँकी कारबाहीका लागि कानुनी परामर्श गरिरहेको बताइएको छ।

५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

देशमा वार्षिक ६ लाख टनभन्दा धेरै रासायनिक मलको माग भएपनि आपूर्ति आधा मात्रै हुने गरेको छ। जसका कारण हरेक वर्ष खेतीपाती लगाउने बेला मल अभाव हुनेगर्छ। चालु आर्थिक वर्षमा सरकारले रासायनिक मलका लागि अनुदान रु. ११ अर्ब पुर्याएको छ। गत आर्थिक वर्षमा मलका लागि रु। ९ अर्ब अनुदान छुट्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक