अफिमसहित पाँचजना पक्राउ

काठमाडौँ, २१ भदौ । जाजरकोट र रुकुम (पश्चिम) बाट २६ किलो अवैध लागुऔषध अफिमसहित पाँचजना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा जाजरकोट, नलगाड नगरपालिका २, छेप्कास्थित सडकबाट १० किलो अवैध लागुऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सोही नगरपालिका ३ का ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका ५ का ५५ वर्षीय हरिचन्द्र डाँगी छन् ।

यस्तै रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका ५ जलिगार्डबाट १६ किलो अवैध लागुऔषध अफिमसहित जाजरकोट नलगाड नगरपालिका ९ का ३७ वर्षीय प्रेमबहादुर सिंहलगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) बाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021