विश्वमा २ करोड ७० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २ करोड ७० लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ३७८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७० लाख ६१ हजार ३२६ पुगेको हो । यस्तै एकै दिन थप ४ हजार ८२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ७०७ पुगेको छ ।

एकै दिन २ लाख १९ हजार ५०४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ७७८ जनाको मृत्यु भएको छ । ३७ लाख ७१ हजार ८८४ जना संक्रमित भएकोमा २१ लाख ५२ हजार ८०२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७९ हजार ९५० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ३४ हजार ६२३ पुगेको छ । त्यसमध्ये ४५ लाख ३३ हजार १३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५० हजार ५०८ जनाको मृत्यु भएको छ । ७६ लाख ४१ हजार ५५ जना संक्रमित भएकोमा ६१ लाख ३३ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ११ हजार ५४६ जनाको मृत्यु भएको छ । ६६ लाख ८६ हजार ५०३ जना संक्रमित भएकोमा ५२ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार १३१ जनाको ज्यान गएको छ भने १२ लाख ९७ हजार ३२२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ३३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ । २९ हजार २१८ जना संक्रमित भएकोमा २४ हजार ६०१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा