सुनसरी, २१ भदौ । सुनसरीको देवानगन्जमा चटयाङ लागेर एक जनाको मृत्यु भएको छ ।
देवानगन्ज गाउँपालिका २ का ३० वर्षीय सन्तकुमार मेहेताको घरनजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा चट्याङ लागेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
शनिबार अपराह्न ४ बजे चट्याङले लागेर बेहोस भएका मेहेतालाई उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।