चितवनमा थप ३४ जनामा कोरोना पुष्टि

चितवन, २१ भदौ । चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार शनिबार राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनकै राप्ती २ का ३४ वर्षीय पुरूषमा पनि संक्रमण भएको छ । यस्तै नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।