आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, २० भदौ । थप १ हजार ४१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् ।

यस्तै रुपन्देहीका ७१ जना, बाँकेका ६२, चितवनका ४५, सिराहाका ४१, दाङका ३९, मोरङ र मकवानपुरका ३५/३५ जना, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सुनसरी र सप्तरीका २०/२० जना, सर्लाही र गोरखाका १७/१७ जना, बझाङका १६, बारा र नवलपरासीका १३/१३ जना, पर्सा र धादिङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापा, धनुषा र बर्दियाका ७/७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६/६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५/५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, सल्यान, पाल्पा, जाजरकोट र दैलेखका ३/३ जना, ओखलढुंगा, सिन्धुली, सल्यान र डोटीका २/२ जना तथा इलाम, नुवाकोट, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र डडेलधुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २७ हजार १ सय २७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महोत्तरी, ३ बैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

काठमाडौँ, ३ बैशाख । हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बिहिबार राति चट्याङ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021