ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जनकपुरधाम, २० भदौ । सिरहामा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सिरहा प्रहरीका अनुसार शुक्रबार राति ८ बजेतिर सिरहा चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका ५ मा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा चौहर्वाबाट सिरहातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकमा सवार तीनै जनालाई उपचारका लागि लहान पठाए पनि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका ५ बस्ने बिसनदेव महतोका १९ वर्षीय छोरा अमलेश महतो र रामवृक्ष सदाका २१ वर्षीय छोरा सुनिल सदा छन् ।

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका रामवृक्ष सदाका १९ वर्षीय छोरा मिथिलेश सदा गम्भीर घाइते भएका छन् । उनको लहानमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक