काठमाडौँ, १९ भदौ । थप १ हजार ३ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४४ हजार २ सय ३६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १३ हजार ६ सय ३८ जनामा नमुना परीक्षण गर्दा १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १३ सय ५४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २५ हजार ५ सय ६१ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ७१ जना पुगेको छ ।