स्याङ्जा, १९ भदौ । स्याङ्जाको वालिङ नगरपालिकास्थित एक होटलबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार संगठित रुपमा जुवाको खाल चलाउने गरेको सुराकको आधारमा स्थानीय प्रसाद होटलमा छापा मारेर होटलका संचालक ३१ वर्षीय विवेक तिवारी ८ जुवाडेलाई नियन्त्रणमा लिइएको हो ।
जुवा खालबाट १ लाख ६८ हजार नगद र तासका गड्डी बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।