कोरोनाबाट थप एक जनाको मृत्यु

चितवन, १५ भदौ । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको हो ।

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् ।

काठमाडौँ, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा

काठमाडौँ, ९ असोज । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको

काठमाडौँ, ९ असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण