करेन्ट लागेर दुई जनाको मृत्यु

चितवन, १५ भदौ । चितवनमा माछापोखरी छेउमा राखिएको तारमा करेन्ट लागेर दुईजना युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगरको मृत्यु भएको हो ।

माछापोखरीमा दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकहरुको साथमा जालसमेत भेटिएको छ । उनीहरू माछा चोर्न गएको हुनसक्ने आशंका गरिएको छ ।

शवको मुचुल्का उठाउने काम भइरहेको र शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज ६ असोज २०७७, मंगलवार प्रिती कोउलव अनुराधा , सामाजिक सेवा दिवस मेष(चु, चे, चो, ला, लि, लु, ले, लो,

मकवानपुर, ५ असोज । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ५ असोज । थप ११ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय

काठमाडौँ, ५ असोज । बागलुङस्थित रिघा स्वास्थ्य चौकीमा सुत्केरी भएकी एक महिलाको रक्तश्राप नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी