सरकारी छाप दस्तखत किर्ते गर्ने पक्राउ

पोखरा, १५ भदौ । जिल्ला अदालत कास्कीको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-१४ चाउथे बस्ने जिल्ला पर्वत मोदी गाउँपालिका-६ तिलाहार घर भएका ३७ वर्षीय निर्दोष गिरी, पोखरा महानगरपालिका-३३ लामगादीका २४ वर्षीय ऋषिराम गिरी र पोखरा महानगरपालिका(२ हरिचोकका २२ वर्षीय असिम भण्डारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गरी कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको जल

सुर्खेत, ८ असोज । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको

काठमाडौँ, ८ असोज । उपत्यकाको सडक वरपर हिटी (ढुङ्गेधारा) पाटी, मन्दिर, चैत्य, पोखरी नदेखे नेपालको सडक हो, कि विदेशको थाह

बुटवल, ८ असोज । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी