‘इन्सपेक्टर’बाट रिटायर्ड सिताराम हाछेथु ‘डिएसपि’मा नियुक्त !

ललितपुर, १५ भदौ । बलराम प्यासी । ३० वर्षे सेवा अवधिका कारण २०७५ साल मंसीरमा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवानिवृत्त भएका चर्चित ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु १ वर्ष ९ महिनापछि त्यो भन्दा एक पद माथि अर्थात डिएसपि सरहको पदमा नियुक्त भएका छन् ।

काठमाडौं उपत्यकाको दोस्रो महानगरपालिका ललितपुर महानगरपालिकाको ‘महानगर प्रहरी वल’ प्रमुखमा आइतबारदेखि हाछेथुलाई सो महानगरपालिकाले नियुक्त गरेको हो । ‘तर उनको जिम्मेवारी र कर्तव्य डिएसपिभन्दा पनि माथिको हो’—महानगरपालिकाका एक पदाधिकारीले भने ।
अहोरात्र कार्यक्षेत्रमा खटिने, इमान्दार, कर्तव्यनिष्ठ ट्राफिक प्रहरी निरीक्षकको रुपमा आफ्नो पहिचान बनाउन सफल हाछेथुको कार्यशैलीको उच्च कदर गर्दै महानगर प्रमुख चिरीवाबु महर्जनले हाछेथुलाई महानगर प्रहरी वलको प्रमुखमा नियुक्त गरेका हुन् ।

ट्राफिक प्रहरी वृत्त ललितपुरको प्रमुख भएर ललितपुरमा कार्यरत रहँदा वृत्त प्रमुख हाछेथुले जनसहभागितामा सातदोवाटोमा ट्राफिक प्रहरी वृत्त ललितपुरको भव्य भवन बनाउन सफल भएका थिए ।

महानगर प्रहरी वलको प्रमुखमा नवनियुक्त हाछेथुको मातहत ३ जना इन्स्पेक्टर सहित ७२ जना जुनियर अधिकृत र अन्य दर्जाका नगर प्रहरीहरु कार्यरत छन । हाछेथुले सोमबारदेखि औपचारिक रुपमा आफ्नो कार्यभार सम्हाल्नेछन ।

२९ वडाका करीव २३ लाख जनसंख्या भएको ललितपुरर महानगरको सवारी आवागमन सरल र ट्राफिक व्यवस्थापन चुस्तस्फूर्त बनाउनु, सडक पेटीमा थापिने अव्यवस्थित पसलहरु हटाउनु, सडक किनारमा थुपारिने निर्माण सामाग्रीहरुको व्यवस्थापन गर्नु, सडकमा छोडिएका चौपायाहरुको व्यवस्थापन गर्नु र सबैभन्दा जटिल समस्याको रुपमा रहेको महानगरक्षेत्रभित्र नक्सापास विना बनेका र बन्दै गरेका घरटहराको अनुगमन गर्दै तिनीहरुलाई नगरपालिकाको नियम कानूनको दायरामा ल्याउनु प्रमुख हाछेथुको पहिलो जिम्मेवारीमा परेको छ ।

महानगरपालिकाको पोर्टफोलियोमा महानगर प्रहरी वल प्रमुखको पद पाँच नम्बर भित्र पर्छ र जिम्मेवारी पनि उत्तिक्कै महत्वपूर्ण मानिन्छ । हाछेथुले काठमाडौंको विभिन्न ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा ३० वर्ष (सहायक निरीक्षकदेखि निरीक्षकसम्म) भएर काम गर्दा कालिमाटी, कोटेश्वर, गौशाला, दरवारमार्ग र सातदोवाटोमा ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन बनाउन सफल भएका थिए ।

यसको फलस्वरुप उनलाई नेपाल सरकार, नेपाल प्रहरी संगठनको साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संघ, संगठन, स्थानीय क्लव र समाजिक संस्थाहरु समेतबाट गरी करीव सवासयवटा विभूषण, पदक र पुरस्कारको साथै नगद र सम्मानमात्रै नभई एउटा कारसमेत उपहार पाएका थिए ।

आफ्नो काममा सँधै दत्तचित्त रही दिनरात नभनी काम गर्ने ट्राफिक प्रहरी प्रमुखको रुपमा परिचित हाछेथु भक्तपुरको सूर्यविनायक निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना