घुससहित पूर्वाधार विकास कार्यालयका प्रमुख पक्राउ

बुटवल, १४ भदौ । पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिडिई मनिषकुमार अर्याल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले श्रोत नखुलेको रु ५ लाख ३० हजार नगदसहित उनलाई पक्राउ गरेको हो ।

अर्याललाई कार्यालयको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको हो । अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ