एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

स्याङ्जा, १४ भदौ । स्याङ्जाको वालिङ नगरपालिका स्थित माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको बा।२ झ ४०११ नम्बरको एम्बुलेन्स बिहान करिब सवा ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना हुँदा ३५ वर्षीय भानुभक्त गैह्रे र २२ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो । मृतक चापाकोट–९ का स्थानीयय हुन् । एम्बुलेन्स सडकबाट करिब ३ सय मिटर तल खोँचमा खसेको छ । दुर्घटनामा परेर ३१ वर्षीया गर्भवती पवित्रा गैह्रे र चालक २५ वर्षीय सुरेन्द्र भण्डारी घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् ।

काठमाडौँ, १० असोज  । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन्

काठमाडौँ, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा

काठमाडौँ, ९ असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण