पोख्रेलीका भरोसा निरन्तर विकास निर्माणकै काममा: खहरे-बुलौदी-मासबार-सृजनाचोक सडक प्रयोगमा आउने

पोखरा, १४ भदौ । आफ्नो क्षेत्रलाई विकास र समृद्धिको यात्राको चुचुरोमा पुर्याउने लक्ष्यका साथ पोखराको समृद्धिका बहाक तथा पोख्रेली जनताका भरोसको रुपमा स्थापीत सांसद राजिव पहारी निरन्तर विकास निर्माणकै काममा व्यस्त रहनुभएको छ ।

गतको आर्थिक वर्षमा पोखरा ६ खहरेबाट पधेरासम्म लकडाउनको बाबजुद पनि ७५ लाखको लागतमा बाटो ढलानको निर्माण सम्पन्न भएको थियो र यस आर्थिक वर्षमा पधेराबाट बुलौदीसम्म ढलान बाटोको लागि सांसद पाहरीको पहलमा थप ७५ लाख रकम बिनियोजन भएको छ । उक्त सडक खहरे हुँदै बुलौदी, मासबार, सृजनाचोक निस्किनको लागि वैकल्पिक बाटोको रुपमा प्रयोगमा आउनेछ । जसका कारण लेकडाइडमा देखिने सवारी जामलाई यस बाटोले न्यूनीकरण गर्ने छ । उक्त बाटो निर्माण गर्न यो असहज परिस्थितिमा कसरी निर्माण सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई उच्च ध्यान दिँदै भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहनुभएका सांसद पहारीले उक्त सडक सञ्चालनमा आएसँगै सवारी जामको न्युनिकरण हुने बताउनुभयो । सडक निर्माणको क्रममा जनतालाई उठिबास हुने गरी गर्नु नहुनेमा जोड दिँदै उहाँले जनताको सम्पत्ती तथा वस्ने घरको सुरक्षा गर्दै विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सडक निर्माण भएसँगै स्थानीयवासीलाई नै फाईदा सवैभन्दा बढी फाईदा पुग्ने उल्लेख गर्दै उहाँले निर्माण हुने सडकमा कम्तिमा पनि ओहोर दोहोर गाडी चल्न सक्ने प्रकारको हुनुपर्नेमा जोड दिनुभयो । सम्भव भएसम्म सडकको चौडाई वृद्धि गर्नुपर्नेमा जोड दिँदै उहाँले सिमांकनको विषयमा कुनै पनि विवाद नगरी अघि बढ्न स्थानीयवासीसँग आग्रह गर्नुभयो । उक्त स्थानमा वस्तीको विकाससँगै कम्तिमा पनि ६ मिटरभन्दा बढी चौडाई भएको सडक आवश्यकता रहेको औंल्याउँदै निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना

पोखरा, ७ असोज । पोखरा महानगरपालिका–३१ बनपोखरीबाट बाघको छाला र सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ

बाँके, ७ असोज । कोहलपुरमा उपचारका क्रममा मंगलबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल